काठमाडौं । काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पुसको स्ववियु सचिव गोपालबहादुर शाही पक्राउ परेका छन् । नेपाल प्रहरीको जवान पदमा अन्य व्यक्तिको नाममा परीक्षा दिइरहेको अवस्थामा शाही आइतबार पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंको एसपी अपील राज बोहराले जानकारी दिए ।
गत चैत १० गते भएको स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानलै विजयी भएको थियो ।
उक्त प्यानलबाट शाही सचिव पदमा निर्वाचित भएका थिए । उनै शाहीलाई नयाँ बानेश्वरस्थित रत्नराज्य माविमा चलिरहेको प्रहरी जवान पदको लिखित परीक्षामा सहभागी हुँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

