काठमाडौँ । पाल्पामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
तिनाउ गाउँपालिका(५ चौबिस माइलस्थित सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवल जाँदै गरेको मोठरसाइकलले ट्रकलाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।
शनिबार दिउँसो लु २९ प ३२९७ नम्बरको मोटरसाइकललाई ग २ ख ८४३ नम्बरको ट्रकले ठक्कर दिएको हो।
ठक्करबाट भारत घर भई स्याङ्जा वालिङ नगरपालिका(८ बस्ने ३७ वर्षीय मोटरसाइकल चालक बिनय चौधरीको मृत्यु भएको हो।
ठक्करपछि घाइते उनलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा पठाइएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।
पाल्पामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पाल्पामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

