बाणिज्य बैंकहरूको नाफा ४१ अर्ब २५ करोड, कसले कति कमाए ?
काठमाडौं । २० वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको यसै अवध…
काठमाडौं । २० वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४० अर्ब ६८ करोड रुपैयाँ थियो । एक वर्षको समीक्षा अवधिमा बैंकहरुको नाफा जम्मा १.४० प्रतिशत बढेको हो । सार्वजनिक विवरणअनुसार नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ५ करोड खुद नाफा कमाएको छ ।
यद्यपि वृद्धिदरका आधारमा भने नेपाल बैंकले सबैभन्दा धेरै नाफा बढाउन सफल भएको छ । सो बैंकको नाफा २१ गुणा बढेको छ । त्यस्तै एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । सो बैंकको नाफा ९१.८ प्रतिशत घटेको छ ।
कसले कति कमाए ?
बैंकनाफा, चैत ०८१नाफा, चैत ०८०वृद्धिदर प्रतिशतनबिल५ अर्ब ५ करोड४ अर्ब ६६ करोड८.२१ग्लोबल आईएमई४ अर्ब ५३ करोड३ अर्ब ३० करोड३७.१२एनआईएमबी४ अर्ब ५४ करोड३ अर्ब २७ करोड३८.६१एनएमबी२ अर्ब ३७ करोड२ अर्ब २४ करोड५.८८एभरेस्ट३ अर्ब ४५ करोड२ अर्ब ६० करोड३२.५५एनआईसी एसिया१५ करोड१ अर्ब ९१ करोड–९१.८१कृषि विकास१ अर्ब ८४ करोड२ अर्ब ५ करोड–१०.१६प्राइम२ अर्ब २२ करोड२ अर्ब ८७ करोड–२२.५५स्टान्डर्ड चार्टर्ड२ अर्ब १७ करोड२ अर्ब ४४ करोड–११.१७नेपाल एसबीआई१ अर्ब २० करोड१ अर्ब १६ करोड३.३५सिटिजन्स९६ करोड१ अर्ब २१ करोड–२०.५९सानिमा१ अर्ब ६५ करोड१ अर्ब ४३ करोड१४.७९माछापुच्छ्रे१ अर्ब १० करोड८५ करोड२८.८९कुमारी२८ करोड१ अर्ब ५ करोड–७२.८५नेपाल२ अर्ब ७८ करोड१३ करोड२०३२.७९सिद्धार्थ१ अर्ब ६६ करोड१ अर्ब ६८ करोड–०.९३लक्ष्मी सनराइज१ अर्ब ६५ करोड१ अर्ब ६१ करोड२.२४हिमालयन५० करोड१ अर्ब ९४ करोड–७४.३३प्रभु१ अर्ब ८७ करोड१ अर्ब ८१ करोड३.५०राष्ट्रिय वाणिज्य१ अर्ब २० करोड२ अर्ब ३७ करोड–४९.२८