महिलामाथि गोली प्रहार

लुम्बिनी । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा एक जना महिलामाथि आज गोली प्रहार भएको छ । पाल्पा रैनादेवी छहरा घर भई बुटवलको बुद्धनगरमा चिया पसल व्यवसाय गर्दै आउनुभएकी अन्दाजी २९ वर्षीया टीका विष्ट क्षेत्रीमाथि आज बिहान अज्ञात व्यक्तिले गोली प्रहार गरेको जिल्ला प्रहरी का…

महिलामाथि गोली प्रहार

लुम्बिनी । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा एक जना महिलामाथि आज गोली प्रहार भएको छ । पाल्पा रैनादेवी छहरा घर भई बुटवलको बुद्धनगरमा चिया पसल व्यवसाय गर्दै आउनुभएकी अन्दाजी २९ वर्षीया टीका विष्ट क्षेत्रीमाथि आज बिहान अज्ञात व्यक्तिले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

गोली लागि घाइते भएकी महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । उनका अनुसार घाइते विष्टको अहिले शल्यक्रियाको तयारी भइरहेको छ । घटनाको प्राम्भिक अनुसन्धानबाट भारतीय मुलको जस्तो देखिने व्यक्तिले गोली प्रहार गरी फरार भएको जनाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले जानकारी दिए ।