सरकारले गर्‍याे ६ डीआईजीकाे एआईजीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। बढुवा सूचीको पहिलो नम्बरमा चन्द्रकुवेर खापुङ परेका छन्। त्यसपछि क्रमशः लालमणि आचार्…

सरकारले गर्‍याे ६ डीआईजीकाे एआईजीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्।

बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। बढुवा सूचीको पहिलो नम्बरमा चन्द्रकुवेर खापुङ परेका छन्।

त्यसपछि क्रमशः लालमणि आचार्य, कृष्णहरि पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसी छन्।

उनीहरुलाई डीआईजीमा बढुवा भएको वरियता अनुसार नै एआईजीमा बढुवा सिफारिस गरिएको छ। एआईजी सिफारिस भएका खापुङ, आचार्य र शर्मा २०५२ साल कात्तित्तकमा भर्ना भएका हुन्।

बाँकी ३ जना २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। २०५३ सालमै राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएको टोली नै बढुवामा छुटेको छ।