राष्ट्रियसभा उपाध्यक्षमा हाम्रो दाबी छैन माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी माघ २३ गते हुने राष्ट्रिय सभा उपाध्यक्षमा आफ्नो पार्टीले दाबी नगर्ने बताएका छन्।

राष्ट्रियसभा उपाध्यक्षमा हाम्रो दाबी छैन माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी माघ २३ गते हुने राष्ट्रिय सभा उपाध्यक्षमा आफ्नो पार्टीले दाबी नगर्ने बताएका छन्। शनिबार बिहान सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठकमा सहभागी भएर बाहिरिएका नेपालले संवाददासँग राष्ट्रिय सभा उपाध्यक्षमा आफ्नो पार्टीको उम्मेदवार नहुने स्पष्ट पारेका हुन्। उनले विपक्षी सबै दलसँग कुरा बुझेर साझा उम्मेदवार उठाउने जानकारी दिए। ‘सबै विपक्षीदलसँग कुरा बुझ्ने र साझा उम्मेदवार उठाउँछौ। त्यसका लागि फेरि बैठक बस्छौं’, उनले भने, ‘यसका लागि कुनै पार्टी विशेषले उम्मेदवार उठाएर मत मागेको छैन व्यक्तिले माग्ने फरक कुरा हो।