बर्दघाट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बर्दघाट नगरपालिका–१४ स्थित सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन गरेका छन् ।
अवलोकन भ्रमणको क्रममा अध्यक्ष प्रचण्डले सहिद सूर्य बिक्रम थापा ‘सलिम’ को सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । कार्यक्रममा पार्टीका अन्य नेताहरूको समेत उपस्थिति रहेको थियो।
सहिद थापा माओवादी जनयुद्धको क्रममा शहीद भएका थिए, र उनको योगदानको सम्मानस्वरूप निर्मित स्मृति केन्द्र क्षेत्रको सामाजिक तथा ऐतिहासिक महत्व बोकेको स्थल मानिन्छ।

