सिराहामा यौन दुर्व्यवहारमा परेकी २५ वर्षीया महिला मृत भेटिइन्

काठमाडौं । सिराहामा यौन दुर्व्यवहारमा परेकी २५ वर्षीया महिला मृत भेटिएकी छन्। नरहा गाउँपालिकास्थित बर्छवा टोलकी २५ वर्षीया आनन्दीदेवी सदाय मंगलबार माइती घरमा मृत भेटिएकी हुन्। उनी सिराहाकै नवराजपुर गाउँपालिका– ३ दोनबारी टोलस्थित माइतीघरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी सिराहा प्र…

सिराहामा यौन दुर्व्यवहारमा परेकी २५ वर्षीया महिला मृत भेटिइन्

काठमाडौं । सिराहामा यौन दुर्व्यवहारमा परेकी २५ वर्षीया महिला मृत भेटिएकी छन्। नरहा गाउँपालिकास्थित बर्छवा टोलकी २५ वर्षीया आनन्दीदेवी सदाय मंगलबार माइती घरमा मृत भेटिएकी हुन्।

उनी सिराहाकै नवराजपुर गाउँपालिका– ३ दोनबारी टोलस्थित माइतीघरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी सिराहा प्रहरीले जनाएको छ।

चार महिनाअघि गाउँकै दुई युवाले आफूमाथि बलात्कार प्रयास गरेपछि उनी न्यायको प्रतिक्षमा थिइन्। तर, प्रहरी प्रशासनले न्यायमा ढिलाइ गरेपछि उनले आत्महत्याको बाटो रोजेकी आफन्तले बताएका छन्। यो घटनामा प्रहरीले घटना भएको ६५ दिनपछि मात्रै जाहेरी दर्ता गरेको पाइएको छ।

घटनालगत्तै उनले दोषीमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा जाहेरी दिएकी थिइन्। तर, प्रहरीले तुरुन्तै उजुरी दर्ता गरेर पीडकलाई पक्राउ गर्न ढिलाइ गरेको र पीडकले गाउँमै मिलापत्र गर्न दबाब दिएपछि उनले आत्महत्याको बाटो रोजेकी आमा बिलटौनदेवी सदायले बताइन्।

आनन्दीदेवीको शव हाल लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ। आनन्दीदेवीकी दुई वर्षीया एक छोरी छिन्।