सुनको मूल्य घट्यो

काठमाडौं । गत आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज केही ओरालो लागेको छ । गत आइतबार प्रतितोला एक लाख ८६ हजार कारोबार भएको सुनको मूल्य आज तोलामा एक हजार सात सयले घटेर एक लाख ८४ हजार तीन सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदी…

सुनको मूल्य घट्यो

काठमाडौं । गत आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज केही ओरालो लागेको छ ।

गत आइतबार प्रतितोला एक लाख ८६ हजार कारोबार भएको सुनको मूल्य आज तोलामा एक हजार सात सयले घटेर एक लाख ८४ हजार तीन सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी तोलामा १५ रूपैयाँले घटेर एक हजार ९४५ मा खरिदबिक्री हुनेछ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।