कक्षा १२ को परीक्षाको काममा संलग्न नहुन शिक्षकहरूलाई महासंघको अपिल

काठमाडौं । नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि शुरू हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक…

कक्षा १२ को परीक्षाको काममा संलग्न नहुन शिक्षकहरूलाई महासंघको अपिल

काठमाडौं । नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि शुरू हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि काममा सलग्न नहुन शिक्षक तथा कर्मचारीमा अपिल गरेको हो ।

शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको आन्दोलनलाई सहयोग गर्न महासंघले विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, गाउँरनगरपालिकालाई पनि आग्रह गरेको छ । नेपाल शिक्षक महासंघ चैत २० गतेबाट काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन गरिरहेको छ । महासंघले चैत २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरेको छ ।

यसैगरी, महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा अनिवार्य सहभागी हुन र महासंघबाट निषेध गरिएका काममा संलग्न नहुन शिक्षकहरूलाई आग्रह गरेका छन् ।

शिक्षकहरू आन्दोलनमा सहभागी भए नभएको र कुनै शैक्षिक गतिविधमा संलग्न भए नभएको निरीक्षण गर्न जिल्ला जिल्लामा गोप्यरूपमा अनुगमन पनि भैरहेको उनको भनाइ छ । आफूहरूका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनले उल्लेख गरेका छन् ।