बागलुङमा जिप दुर्घटना हुँदा ११ जना घाइते (नामावलीसहित)

बागलुङ । बागलुङको तमानखोला गाउँपालिका -२ मा पिकअप जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । पालिकाको केन्द्र बोङ्गादोभान बजारदेखि बराह तालतर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बर को पिकअप जिप उकालोमा ब्रेक फेल हुँदा दुर्घटनामा परेको हो । दुर्घटनामा गलकोट नगरपालिका–१ की ३० वर्षीया मुना…

बागलुङमा जिप दुर्घटना हुँदा ११ जना घाइते (नामावलीसहित)

बागलुङ । बागलुङको तमानखोला गाउँपालिका -२ मा पिकअप जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । पालिकाको केन्द्र बोङ्गादोभान बजारदेखि बराह तालतर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बर को पिकअप जिप उकालोमा ब्रेक फेल हुँदा दुर्घटनामा परेको हो ।

दुर्घटनामा गलकोट नगरपालिका–१ की ३० वर्षीया मुना विक, जुम्ला कन्कासुन्दरी गाउँपालिका–२ का २६ वर्षीय प्रेम रावल, रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–६ का ३२ वर्षीय सुदर्शन कुसारी, तमानखोला गाउँपालिका–२ का २९ वर्षीय सचिन विक, रुकुम पश्चिम चौरजहारी नगरपालिका–१३ का २३ वर्षीयको नविन मल्ल, गाउँपालिकाकी पूर्व उपाध्यक्ष तमानखोला गाउँपालिका–१ की ५२ वर्षीया मनसरी शेरचन, सोही स्थानकी ६३ वर्षीया इन्द्रा कुमारी गिरी, २५ वर्षीया बसन्ति मगर, सोही स्थानका गाडी चालक २७ वर्षीय सुशिसल रसाइली, १२ वर्षीया मनी मगर र तमानखोला गाउँपालिका–२ की २० वर्षीया झरना गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।

घाइते मध्ये मुना विक र नविन मल्लकोलाई धौलागिरी प्रादेशिक अस्पताल बागलुङ पठाइएको उनले जानकारी दिए । अन्य घाइतेहरु बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक यादवकाे भनाइ छ ।