काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेबाट सुरु हुने महासचिव देवप्रसाद गुरुङले जानकारी दिए।
बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँटको विषयमा छलफल हुने बताइएको छ। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन गृह मन्त्रालय दिने वा नदिने, राष्ट्रपतिको निर्वाचन, समसामयिक राजनीतिक विषयमा छलफल हुने पनि बताइएको छ।
यसअगाडि बस्ने भनिएको बैठक पार्टी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ को व्यस्तताका कारण स्थगित भएको थियो। बिहीबार बैठक सुरु हुने बित्तिकै स्थगित हुन पुगेको थियो भने त्यसपछि शुक्रबार अन्तिम समयमा बैठक स्थगित भएको थियो।
गृहमन्त्रालयले गर्दा सत्तारूढ दलहरूबीच आन्तरिक किचलो बढ्दै गएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रास्वपालाई गृह मन्त्रालय दिनुपर्ने बताउँदै आएका छन् भने प्रधानमन्त्री दाहालले सर्वोच्चको पूर्णपाठ नआएसम्म गृह आफैले राख्ने बताउँदै आएका छन्।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेबाट सुरु हुने महासचिव देवप्रसाद गुरुङले जानकारी दिए।

