आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना

काठमाडौं । आज नयाँ वर्ष २०८२ वैशाख १ गते सोमबार, देशका विभिन्न स्थानमा पानी तथा हिउँ पर्ने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको सूचनाअनुसार दिउँसो कोसी प्रदेश, मधेस प्रदेश तथा पहाडी भेगमा मौसम आंशिकदे…

आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना

काठमाडौं । आज नयाँ वर्ष २०८२ वैशाख १ गते सोमबार, देशका विभिन्न स्थानमा पानी तथा हिउँ पर्ने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको सूचनाअनुसार दिउँसो कोसी प्रदेश, मधेस प्रदेश तथा पहाडी भेगमा मौसम आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ।

यस क्रममा दिउँसो कोसी प्रदेश, मधेस प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जनचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। अनि कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षार हिमपात हुने सम्भावना छ।

मौसम महाशाखाका अनुसार आज राति कोसी प्रदेश तथा देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहनेछ।

यस क्रममा राति कोसी प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। अनि कोसी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा हिमपात हुने सम्भावना छ। मौसमविद्का अनुसार नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ।