काठमाडौं । थुनामुक्त गर्न माग गर्दै रवि लामिछानेका तर्फबाट सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइ सकिएको छ ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेशी चढेको रिटमाथि आइतबार सुनुवाइ सकिएको हो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रविलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो । सो आदेशबमोजिम रवि रुपन्देही कारागारमा थुनामा छन् ।
त्यसअघि जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गरेकोमा उच्चले त्यसलाई उल्ट्याउँदै कारागार पठाएको हो ।

