अष्ट्रेलिया। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट अष्ट्रेलियाको प्रवास नेपाली सम्पर्क विभागले तास्मानियामा पनि क्षेत्रीय समिति गठन गरेको छ । रवि सिंह बिष्टको अध्यक्षतामा ११ सदस्यीय क्षेत्रीय समिति गठन गरिएकाे हाे ।
समितिमा तास्मानिया क्षेत्रीय समितिको राज्यको उप–राज्य प्रमुख कैलेंद्र दसौदी, सचिवमा रुमी गोतामे र कोषाध्यक्षमा शिशिर ढुंगाना सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा सुजन थापा, सपना खत्री, प्रियंका न्यौपाने नेपाल, नितेश ढकाल, दीपक कोईराला र तपराज ढुंगाना रहेका छन् ।
समितिले तास्मानियामा रहेका नेपालीहरूका हकहित, एकता, संस्कृति तथा सामाजिक समृद्धिका क्षेत्रमा क्रियाशील रहने समितिका काेषाध्यक्ष शिशिर ढुंगानाले जानकारी दिए ।

