दुर्गा प्रसाईंलाई आज विमानमार्फत काठमाडौं ल्याइने

काठमाडौं । तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाईंलाई विमानबाट काठमाडौं ल्याइने भएको छ। दुर्गाका दाइ लक्ष्मी प्रसाईंले उनलाई केही बेरमा काँकडभिट्टा नाकाको मेची पुल ल्याइपुर्‍याइने जानकारी दिए । त्यसका लागि दुर्गाका आफन्त र शुभेच्छुक आज बिहानै मेची पुलमा पुगिसकेका छन्। त्यसपछ…

दुर्गा प्रसाईंलाई आज विमानमार्फत काठमाडौं ल्याइने

काठमाडौं । तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाईंलाई विमानबाट काठमाडौं ल्याइने भएको छ।

दुर्गाका दाइ लक्ष्मी प्रसाईंले उनलाई केही बेरमा काँकडभिट्टा नाकाको मेची पुल ल्याइपुर्‍याइने जानकारी दिए । त्यसका लागि दुर्गाका आफन्त र शुभेच्छुक आज बिहानै मेची पुलमा पुगिसकेका छन्।

त्यसपछि दुर्गालाई झापास्थित भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याउने तयारी रहेको बताइएको छ । चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा दुई जना मारिएपछि फरार दुर्गा प्रसाईं बिहीबार भारतको आसाम राज्यमा पक्राउ परेका हुन्।

प्रसाईं भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पत्ता लगाएको थियो। फरार भएयता उनले दुईवटा भिडिओ सन्देश सामाजिक सञ्जालमा अपलोड गरेका थिए। तर त्यसमा उनले आफू नेपालमै रहेको दाबी गरेका थिए।

प्रसाईं भागेलगत्तै नेपाल प्रहरीको विशेष ब्युरोको टोली पछ्याउँदै आसाम पुगेको थियो। प्रहरी पुगेको सुइँको पाएपछि त्यहाँबाट पनि भागेर उनी सामाजिक सञ्जालसमेत नचलाएर उनी केही समय गुपचुप बसेका थिए।