त्रिविका उपकुलपतिको राजीनामा प्रधानमन्त्रीद्वारा स्वीकृत

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उपकुलपति प्रा डा. केशरजंग बरालले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन्। उपकुलपति बरालले स्वास्थ्यको कारण देखाउँदै केही दिनअघि राजीनामा दिएका थिए। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार बिह…

त्रिविका उपकुलपतिको राजीनामा प्रधानमन्त्रीद्वारा स्वीकृत

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उपकुलपति प्रा डा. केशरजंग बरालले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन्।

उपकुलपति बरालले स्वास्थ्यको कारण देखाउँदै केही दिनअघि राजीनामा दिएका थिए।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार बिहीबार प्रधानमन्त्री ओलीले उपकुलपतिको राजीनामा स्वीकृत गरेका हुन्। पोखराका बराल २०८० फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए।

तत्कालीन प्रधानमन्त्रीसमेत रहेका कुलपति पुष्पकमल दाहाल प्रचण्डले बराललाई विश्वविद्यालयको २० औं उपकुलपति नियुक्त गरेका थिए।

उपकुलपति बरालले त्रिवि सुधारका लागि काम गर्दै आएका थिए।