युवाहरूको सक्रियतामा विद्यार्थीलाई निःशुल्क पोशाक

आफूले खाजा खाने रकमबाट बचाएर समाजमा केही गर्नु पर्छ भन्ने उद्देश्यले विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको दिपेन बुढा मगर (काजी)ले बताए ।

युवाहरूको सक्रियतामा विद्यार्थीलाई निःशुल्क पोशाक
रोशन थापा मगर, बागलुङ । बडिगाड गाउँपालिका १०, चिसापानीका वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेका युवाहरुको समूहले विद्यार्थीहरुलाई निशुल्क पोशाक वितरण गरेको छ । बडिगाड गाउँपालिका १० को चिसापानी प्रावि र नुन्थला बालबिकासमा पढ्ने १६५ जना विद्यार्थीहरुलाई पोशाक विरतण गरेको हो । आफूले खाजा खाने रकमबाट बचाएर समाजमा केही गर्नु पर्छ भन्ने उद्देश्यले विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको दिपेन बुढा मगर (काजी)ले बताए । अहिलेसम्म आफुहरुले १ लाख ३० हजार बराबरको रकम संकलन गरेर काम गरिरहेको र यस अभियानले विद्यार्थीलाई नियमित विद्यालयमा आउने वातावरण बन्ने उनको भनाइ छ । आगामी दिनहरूमा पनि समाजमा हुने सबै सामाजिक काममा आफूहरुको अग्रणी भमिका रहने बताए । युवाहरूको यो कामलाई देखेर स्थानीय जनप्रतिनिधि, युवा तथा बुद्धिजीवी हरुले राम्रो काम गरेकोमा खुशी व्यक्त गरेका छन् ।