कुवेतले दियो नेपाललाई १८६ रनको लक्ष्य

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कुवेतविरुद्धको जितका लागि १८६ रनको लक्ष्य पाएको छ । टस जितेर फिल्डिङ रोज्दै कुवेतलाई ब्याटिङको निम्तो दिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट लिँदै १८५ रनमा रोकेको हो । नेपालका लागि सोमपाल कामीले ४…

कुवेतले दियो नेपाललाई १८६ रनको लक्ष्य

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कुवेतविरुद्धको जितका लागि १८६ रनको लक्ष्य पाएको छ । टस जितेर फिल्डिङ रोज्दै कुवेतलाई ब्याटिङको निम्तो दिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट लिँदै १८५ रनमा रोकेको हो ।

नेपालका लागि सोमपाल कामीले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चिएर ३ विकेट लिए । त्यस्तै ४ ओभर बलिङ गरेका नन्दन यादवले ३४ रन दिँदै २ विकेट लिए । ३ ओभर बलिङ गरेका ललित राजवंशीले २४ रन खर्चिएर १ विकेट लिँदा ४ ओभर बलिङ गरेका कुशल भुर्तेलले २७ रन दिएर १ विकेट लिए ।

३ ओभर बलिङ गरेका करण केसीले ३० रन खर्चिए पनि विकेटविहीन हुँदा २ ओभर बलिङ गरेका दिपेन्द्रसिंह ऐरीले २५ रन खर्चिए पनि विकेट लिन सकेनन् ।

कुवेतका लागि रविजा सन्दरुवानले १५ बल खेल्दै २६ रन जोडे भने क्लिन्टो एन्टोले ३० बल खेलेर ४१ रन बनाए । त्यस्तै मिट भबसले २८ बलमा ३५ रन जोड्दा १० बल खेलेका उसमान पटेलले १३ रन बनाए । १३ बल खेलेका बिलाल ताहिरले ३२ रन बनाउँदा समान बल खेलेका मोहम्मद असलामले १७ रन जोडे ।

Photo by Panda / Takumi Images. All rights reserved.

हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा भइरहेको यो खेल यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो । बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।

यस्तै, सिरिजको दोस्रो खेलमा बुधबार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको छ । आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा छन् । यस्तै, आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन् । यो खेल नेपाली समयानुसार बिहान सवा ११ बजे सुरु हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।