सुनको मूल्य दुई हजार बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पाँच र…

सुनको मूल्य दुई हजार बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पाँच रुपैयाँ बढेर एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।