काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिकाका एक जनप्रतिनिधि मृत फेला परेका छन् । ताराखोला गाउँपालिका वडा नम्बर ३ काक्राखोर बस्ने वडाध्यक्ष कर्णबहादुर भण्डारी आफ्नै गोठमा झुडिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरीक्षक देवराज काफ्लेले जानकारी दिए ।
उनका अनुसार बुधबार दिउँसो ११ः३० बजे मृत देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनालगत्तै इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरीक्षक विष्णुप्रसाद शर्माको टोली घटनास्थलमा पुगेको थियो । अहिले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनी नेकपा माओवादी केन्द्रतर्फबाट निर्वाचित वडाध्यक्ष हुन् ।

