काठमाडौं उपत्यकासहित यी स्थानमा वर्षाको अनुमान

काठमाडाैं । आज (मंगलबार) काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज कोसी प्रदेशलगायत बागमती, कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान र बाँकी प्रदेश…

काठमाडौं उपत्यकासहित यी स्थानमा वर्षाको अनुमान

काठमाडाैं । आज (मंगलबार) काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज कोसी प्रदेशलगायत बागमती, कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान र बाँकी प्रदेशका एकरदुई स्थानमा पानी पर्ने सम्भावना देखिएको हो।

‘यस क्रममा काठमाडौं उपत्यकामा पनि छिटपुट, हल्का वर्षा हुने सम्भावना छ’, उनले भने। मौसमविद् दाहालका अनुसार काठमाडौं उपत्यकाको मौसम बिहानैदेखि बदली (आकाशमा बादल) भएको छ। ‘आज उपत्यकामा पनि मौसम खुल्ने सम्भावना कम छ’, उनले भने ।