काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक आज सोमबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी बोलाइएको उनको सचिवालयले जनाएको छ ।
बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना छ । हाल राष्ट्र बैंक गभर्नरविहीन छ । गभर्नर महाप्रसाद अधिकारी हालै अवकाश भएपछि सरकारले नयाँ गभर्नर नियुक्त गर्न लागेको हो ।

