कपिलवस्तुबाट २१ लाख भारतीय रुपैयाँसहित ३ जना पक्राउ

कपिलवस्तु प्रहरीले २१ लाख भारतीय रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ ।

कपिलवस्तुबाट २१ लाख भारतीय रुपैयाँसहित ३ जना पक्राउ
काठमाडौं । कपिलवस्तु प्रहरीले २१ लाख भारतीय रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना तेतरी बजार ग्राम अनुपनगर घर भई हाल कपिलवस्तुको मायादेवी गाउँपालिका १ बस्‍ने २८ वर्षीय हमिद मुसलमान, शुद्धोदन गाउँपालिका ६ बिमिहा बस्‍ने ३५ वर्षीय राजेश कुमार बर्मा र सोही गाउँपालिका बस्‍ने २६ वर्षीय राकेश कुमार बर्मा रहेका छन् । उनीहरुको साथबाट प्रहरी २१ लाख ७ हजार १०० बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।