काठमाडौं । नाबालिग बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेको रिहाइविरुद्ध परेको पुनरावेदनमा सर्वोच्चले मूल मुद्दाको सबै कागजात मगाएको छ।
न्यायाधीश हरि फुयाँलको इजलासमा परेको मुद्दाका लागि कैफियत प्रतिवेदन माग गरिएको हो। जसमा मूल मुद्दाको जाहेरीदेखि उच्च अदालतले दिएको आदेशसम्मको सबै कागजात पर्दछ।
बलात्कार आरोपमा कारागार चलान भएका सन्दीपलाई पुर्पक्षको लागि धरौटीमा छोड्न उच्च अदालत, पाटनले आदेश दिएको थियो। त्यसपछि उनी २० लाख धरौटीमा थुनामुक्त भएका थिए।
गत मङ्गलबार महान्यायाधिवक्ता कार्यालयले धरौटीमा छोड्ने आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको थियो। उक्त पुनरावेदनमाथि आज पहिलो सुनुवाइ हुँदैछ।
सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग महान्यायाधिवक्ता कार्यालयको छ।
यता सन्दीपलाई भने नेपाल क्रिकेट सङ्घ ९क्यान० ले निलम्बन फुकुवा गरिसकेको छ। मङ्गलबारै बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो। त्यसपछि उनी बन्द प्रशिक्षणमा समेत छनोट भइसकेका छन्
सन्दीपको रिहाइविरुद्ध परेको पुनरावेदनमा सर्वोच्चले माग्यो मूल मुद्दाको सबै कागजात
नाबालिग बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेको रिहाइविरुद्ध परेको पुनरावेदनमा सर्वोच्चले मूल मुद्दाको सबै कागजात मगाएको छ।

