काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ । गत शुक्रबारदेखि सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको थियो।
मंगलबार एक हजार आठ सय रूपैयाँ बढेर हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७९ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ७९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
मंगलबारको उक्त मूल्य हालसम्मकै उच्च हो। मंगलबारको तुलनामा भने सुनको भाउ प्रतितोला ६ सय रूपैयाँ घटेको हो। यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार २० रूपैयाँमा कारोबार भइरहेको छ।

