नेता घनश्याम भुसाल सवार कार दुर्घटना

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसाल गाडी चलाइरहेका बेला अचानक बेहोस भएका छन् । चालकलाई छेउको सीटमा राखेर आफैँ गाडी चलाएर पार्टी कार्यालयतर्फ गइरहेका बेला नयाँ बानेश्वर चोकमा अचानक बेहोस भएको समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदीले जानक…

नेता घनश्याम भुसाल सवार कार दुर्घटना
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसाल गाडी चलाइरहेका बेला अचानक बेहोस भएका छन् । चालकलाई छेउको सीटमा राखेर आफैँ गाडी चलाएर पार्टी कार्यालयतर्फ गइरहेका बेला नयाँ बानेश्वर चोकमा अचानक बेहोस भएको समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार गाडी भित्तामा ठोक्किँदा चालक सामान्य घाइते भएका छन् भने अरुलाई केही भएको छैन । भुसाललाई तत्कालै सिभिल अस्पतालमा लगिएको थियो । गाडीभित्रै होस खुलिसके पनि सीटी स्क्यान गरेर रोग पत्ता लगाउने प्रयास भइरहेको सुवेदीले बताए ।