प्रधानमन्त्री ओली थाइल्याण्ड जानुअघि बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड भ्रमणमा जानुअघि बस्न लागेको बैठकले नियमित प्रशासनिक विषयका साथै केही महत्त्वपूर्ण निर्णय समेत गर्ने ठानिएको छ । विशेषगरी तीनकुने घटनाका सम्बन्धमा सरकारले छानबिन…

प्रधानमन्त्री ओली थाइल्याण्ड जानुअघि बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड भ्रमणमा जानुअघि बस्न लागेको बैठकले नियमित प्रशासनिक विषयका साथै केही महत्त्वपूर्ण निर्णय समेत गर्ने ठानिएको छ ।

विशेषगरी तीनकुने घटनाका सम्बन्धमा सरकारले छानबिन समिति बनाउने सम्भावना रहेको एक मन्त्रीले बताए । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उक्त घटनाबारे छानबिन गर्न समिति बनाउन आग्रह गरेका थिए ।

यस्तै संसदको चालु अधिवेशन बन्दको विषयमा निर्णय गर्ने सम्भावना रहेको पनि ती मन्त्रीको भनाइ छ ।