त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका दीपकराज जोशी विजयी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका उम्मेदवार दिपकराज जोशी निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुका सिद्धान्त भट्टराईलाई हराउँदै जोशी अध्यक्षमा विजयी भएका हुन्। जोशीले ७८९ मत ल्याउँदा भट…

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका दीपकराज जोशी विजयी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका उम्मेदवार दिपकराज जोशी निर्वाचित भएका छन् ।

सोमबार भएको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुका सिद्धान्त भट्टराईलाई हराउँदै जोशी अध्यक्षमा विजयी भएका हुन्।

जोशीले ७८९ मत ल्याउँदा भट्टले ७८१ मत ल्याए। त्यस्तै, अखिल क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत पाए भने स्वतन्त्र उम्मेदवार उज्जव खड्काले ७१७ मत पाए । आज भएको मतदानमा कुल ३ हजार ११८ मत खसेको थियो