अस्ट्रेलियाका टेनिस स्टार किर्गियोसले प्रेमिकालाई प्रताडित गरेको स्वीकारे

अस्ट्रेलियाका टेनिस स्टार किर्गियोसले आफ्नी प्रेमिकालाई दुर्व्यवहार गरेको स्वीकार गरेका छन् ।

अस्ट्रेलियाका टेनिस स्टार किर्गियोसले प्रेमिकालाई प्रताडित गरेको स्वीकारे
अस्ट्रेलियाका टेनिस स्टार किर्गियोसले आफ्नी प्रेमिकालाई दुर्व्यवहार गरेको स्वीकार गरेका छन् । निक किर्गियोसले अदालतमा दायर गरिएको एक निवेदनमा आफ्नी प्रेमिकालाई दुर्व्यवहार गरेको स्वीकार गरेका छन् । अदालतले खराब मानसिक स्वास्थ्यको आधारमा आरोप खारेज गर्न अस्वीकार गरेपछि किर्गियोसको निवेदन क्यानबेरा अदालतमा पुगेको हो । २७ वर्षीय किर्गियोसमाथि आफ्नी प्रेमिका चियारा पेसारीलाई क्यानबेराको फुटपाथमा धकेलेको आरोप लागेको छ । मजिस्ट्रेटले घटनालाई ‘हताश वा मूर्खताले गरिएको कार्य’ भनेका छन् । अदालतमा पेस गरिएको तथ्यमा बताइए अनुसार १० जनवरी २०२१ मा दुबै जना कुनै कुरामा झगडा गरिरहेका बेला उनकी प्रेमिका पसारीले कार रोकिन् । त्यसपछि किर्गियोसले पसारीलाई फुटपाथमा धकेलेका थिए । पसारीले घटनाको एक महिनापछि प्रहरीलाई जानकारी दिए पनि उजुरी दिइनन् । त्यसपछि दुवैले कुरा सुल्झाएर आफ्नो सम्बन्ध जारी राखे । तर, केही समयपछि दुवैको ब्रेक अप भयो । त्यसपछि पसारीले सन् २०२१ डिसेम्बरमा औपचारिक रूपमा उजुरी दर्ता गराएकी थिइन्