दुर्गा प्रसाईंका सहयोगी बालाजुबाट पक्राउ

काठमाडौं । काठमाडौं तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं निकट एक युवक पक्राउ परेका छन्। शनिबार काठमाडौं प्रहरी परिसरको टोलीले दुर्गा प्रसाईंनिकट मुनिन्द्रराज भण्डारीलाई पक्राउ गरेको परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। भण्डारीलाई बालाज…

दुर्गा प्रसाईंका सहयोगी बालाजुबाट पक्राउ

काठमाडौं । काठमाडौं तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं निकट एक युवक पक्राउ परेका छन्।

शनिबार काठमाडौं प्रहरी परिसरको टोलीले दुर्गा प्रसाईंनिकट मुनिन्द्रराज भण्डारीलाई पक्राउ गरेको परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।

भण्डारीलाई बालाजुबाट पक्राउ गरेको उनले बताए। दुर्गा प्रसाईं भने फरार छन्। उनको खोजी भइरहेको पनि एसपी बोहराले जानकारी दिए।

प्रसाईंका अर्का निकटस्थ धर्मगुरू पुस्कर खतिवडा पनि शनिबार नै पक्राउ परेका थिए। उनलाई ललितपुर प्रहरी परिसरको टोलीले उनकै घरबाट पक्राउ गरेको थियो।

्शुक्रबार राति तीनकुनेबाट भागेका प्रसाईं धर्मगुरूसँग उनकै घर पुगेको पनि खुलेको छ। प्रसाईंसहित शुक्रबारको प्रदर्शनमा सहभागी भएकाहरूको खोजीका लागि काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनै जिल्लाका प्रहरीसहित अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ।

तीनकुने घटनामा अहिलेसम्म १११ जना पक्राउ परेका छन् ।