राजावादीले जडिबुटी कारखानामा पनि गरे आगजनी

काठमाडौं । कोटेश्वरस्थित जडिबुटी प्रशोधन केन्द्रमा राजावादीहरूले आगजनी गरेका छन्। तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि तितरबितर भएका प्रदर्शनकारीले जडिबुटी कारखानामा आगो लगाएका हुन्। उनीहरूले त्यहाँ रहेका चारवटा गाडीमा पनि आगजनी गरेका छन्। त्यस्तै प्रदर्शनकारीले काठमाडौंको बालकुमारीमा…

राजावादीले जडिबुटी कारखानामा पनि गरे आगजनी

काठमाडौं । कोटेश्वरस्थित जडिबुटी प्रशोधन केन्द्रमा राजावादीहरूले आगजनी गरेका छन्। तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि तितरबितर भएका प्रदर्शनकारीले जडिबुटी कारखानामा आगो लगाएका हुन्। उनीहरूले त्यहाँ रहेका चारवटा गाडीमा पनि आगजनी गरेका छन्।

त्यस्तै प्रदर्शनकारीले काठमाडौंको बालकुमारीमा पनि गाडी जलाएका छन्। राजावादीले सञ्चारगृह, नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा पनि तोडफोड गरेका थिए। तीनकुने क्षेत्रमा अहिले कर्फ्यु लगाएर सेना खटाइएको छ ।