काठमाडौं । राजावादीहरुको समूहले कान्तिपुर मिडिया र अन्नपूर्ण पोष्टको कार्यालयमा ढुंगामुढा गरेका छन्।
शुक्रबार तीनकुनेमा प्रदर्शन आयोजना गरेका राजावादीले उक्त क्षेत्रका कयौं घरमा ढुंगामुढा गरेका छन् भने एक घरमा आगोसमेत लगाइदिएका छन् ।
त्यसक्रममा सशस्त्र प्रहरीका एकजनामाथि समेत प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् । ढुंगा लागेर उनी घाइते भएका छन् ।

