काठमाडाैं । भारतमा तीर्थ यात्रामा गएका दाङको तुलसीपुरका चार जना सवारी दुर्घटनामा परेका छन्। दुर्घटनामा चारै जनाको मृत्यु भएको छ।
दाङको तुलसीपुरबाट तीर्थयात्री लिएर भारत गएको यूपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ बिहीबार बहराइचमा दुर्घटना भएको हो । दुर्घटनामा गाडीका चालक तुलसीपुर उपमहानगरपालिका–७, पर्सेनीका ३७ वर्षीय युवराज चापागाईँ र सोही वडाका जितबहादुर वलीसहित चारजनाको मृत्यु भएको तुलसीपुर९७ का वडाध्यक्ष रामबहादुर जिसीले जानकारी दिए।
अन्य एक जनाको पहिचान हुन बाँकी छ। अन्य दुई जना पनि तुलसीपुरकै भएको वडाध्यक्ष जीसीले बताए। गाडीमा नौ जना सवार रहेको र सबै तुलसीपुरकै रहेको खुलेको छ। गाडीमा सवार अन्य पाँच जना घाइते छन्। उनीहरूको भारतमै उपचार भइरहेको छ ।

