३ अर्बको अनलाइन जुवा र क्रिप्टो कारोबार गर्ने ११ भारतीय पक्राउ

काठमाडौं । प्रहरीले २ अर्ब ९६ लाख रुपैयाँभन्दा बढी रकमको अनलाइन जुवा (सट्टाबाजी) खेलाउने तथा अभौतिक मुद्राको कारोबार गर्ने ११ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले २ अर्ब ९६ लाख रुपैयाँको अवैध कारोबार गर्ने ११ जना भारतीयलाई बूढानीलकण्ठ नगरप…

३ अर्बको अनलाइन जुवा र क्रिप्टो कारोबार गर्ने ११ भारतीय पक्राउ

काठमाडौं । प्रहरीले २ अर्ब ९६ लाख रुपैयाँभन्दा बढी रकमको अनलाइन जुवा (सट्टाबाजी) खेलाउने तथा अभौतिक मुद्राको कारोबार गर्ने ११ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले २ अर्ब ९६ लाख रुपैयाँको अवैध कारोबार गर्ने ११ जना भारतीयलाई बूढानीलकण्ठ नगरपालिका-३ देउला टोलबाट पक्राउ गरेको छ ।

परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार चैत १२ गते साँझ सवा ५ बजे परिसरको टोलीले देउला टोलस्थित घर भाडामा लिएर अनलाइन जुवा खेलाउने ११ जनालाई पक्राउ गरेको हो ।

अनलाइन जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा ११ जनाबाट २ अर्ब रुपैयाँभन्दा बढी रकमको कारोबार हुनेगरी अनलाइन जुवा (सट्टेबाजी) खेल्नेरखेलाउने गरेको पाइएको छ ।

यस्तै ९६ लाख ३३ हजार भन्दा बढी रकम बराबरको अभौतिक मुद्रा (क्रिप्टो) को कारोबार गरेको देखिएको छ । ११ जनालाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको बोहराले बताए ।