कुलमानले अझै पाएनन् बर्खास्त भएको पत्र

काठमाडौं । मंगलबारको कार्यालय समय सकिँदा पनि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पदमुक्त भएको पत्र पाएका छैनन्। सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो। बर्खास्त गरेको सूचना पाएक…

कुलमानले अझै पाएनन् बर्खास्त भएको पत्र

काठमाडौं । मंगलबारको कार्यालय समय सकिँदा पनि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पदमुक्त भएको पत्र पाएका छैनन्। सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

बर्खास्त गरेको सूचना पाएका घिसिङ आज कार्यालय नै गएनन्। उनी दिनभर कानुन व्यवयासीसँग परामर्शमा थिए।

सरकारले बर्खास्त गरेको पत्र प्राप्त भएलगत्तै उनी अदालत जाने तयारीमा छन्। आज दिनभर कुलमानले त्यसैको तयारी गरिरहेको उनीनिकटले बताएका छन्। कुलमानलाई ऊर्जा मन्त्री दीपक खड्काको जोडबलमा हटाइएको हो।