काठमाडौं । नेपाल स्टक एक्सेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारदकुमार लुईंटेल नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुईंटेललाई नेप्सेको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेप्सेको सीईओका लागि लुईंटेलसहित चुडामणि चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम सिफारिस भएको थियो । उनीहरू मध्येबाट लुईंटेललाई नियुक्त गरिएको हो ।
उनीसँग यसअघि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को कार्यकारी निर्देशक तथा तारागाउँ विकास समितिको सञ्चालक सदस्य र सदस्यसचिवका रूपमा काम गरेको अनुभव छ ।

