इन्स्पेक्टर मृत्यु प्रकरणः हवल्दार पनि पक्राउ

कास्की । पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा कार्यरत हवल्दार रेशम बहादुर शाहीलाई पनि पक्राउ गरिएको कास्कीका एसपी श्यामबाबु ओलियाले बताए । तालिम प्रशिक्षक समेत रहेका शाही चैत ६ मा पक्राउ परेका हुन् । इन्स्पेक्टर सन्तोषी महत फागुन १० मा लामापाटनस्थित कार्या…

इन्स्पेक्टर मृत्यु प्रकरणः हवल्दार पनि पक्राउ

कास्की । पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा कार्यरत हवल्दार रेशम बहादुर शाहीलाई पनि पक्राउ गरिएको कास्कीका एसपी श्यामबाबु ओलियाले बताए । तालिम प्रशिक्षक समेत रहेका शाही चैत ६ मा पक्राउ परेका हुन् ।

इन्स्पेक्टर सन्तोषी महत फागुन १० मा लामापाटनस्थित कार्यालयमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा यसअघि सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका थिए । जोशी तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत थिए । उनीहरूविरुद्ध अनुसन्धान पूरा गरेर सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरिएको एसपी ओलियाले बताए । उनले भने, ‘कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।’

घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । एकेडेमीका डीआईजी लक्ष्मण सिंह नेतृत्वको टोलीले त्यसबारे छानबिन गरिरहेको छ । महत सशस्त्र प्रहरी जवान र असई हुँदै उनि इन्स्पेक्टर भएकी थिइन् ।