अमृत साइन्स क्याम्पसमा अनेरास्ववियू विजयी, कसले कति मत प्राप्त गरे ?

काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल) को स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा रुद्रहरि पोखरेल निर्वाचित भएका छन्। आज आइतबार विद्युतीय माध्यमबाट भएको मतदातपछिको गणनामा एमालेनिकट अनेरास्ववियुका पोखरेलको प्यानल नै निर्वाचित भएको हो। कूल १९४८ मतदाता रहेको अस्कल क्याम्पसमा १२९१ म…

अमृत साइन्स क्याम्पसमा अनेरास्ववियू विजयी, कसले कति मत प्राप्त गरे ?

काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल) को स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा रुद्रहरि पोखरेल निर्वाचित भएका छन्। आज आइतबार विद्युतीय माध्यमबाट भएको मतदातपछिको गणनामा एमालेनिकट अनेरास्ववियुका पोखरेलको प्यानल नै निर्वाचित भएको हो। कूल १९४८ मतदाता रहेको अस्कल क्याम्पसमा १२९१ मत खसेको थियो।

पोखरेलले माओवादी केन्द्रनिकट अनेरास्ववियू क्रान्तिकारीका विश्राम पौडेललाई २३६ मतान्तरले पराजित गरे। स्ववियुको सचिवमा गोपालबहादुर शाही र कोषाध्यक्षमा विवेक कोइराला निर्वाचित भएका छन्।

कसले कति मत प्राप्त गरे ?
अनेरास्ववियु
सभापति – रुद्रहरी पोखरेल ६८९
सचिव – गोपाल शाही ६३५
कोषाध्यक्ष – विवेक कोइराला ७२७

अखिल क्रान्तिकारी
सभापति – बिश्राम शर्मा ३६३
सचिव – भोजराज खड्का२३२
कोषाध्यक्ष – अरुणा विश्वकर्मा २४८

नेविसंघ
सभापति – राजु लामिछाने १५७
सचिव – प्रशान्त भट्ट ३४३
कोषाध्यक्ष – सविता महर्जन २८८