काठमाडौँ । मोटरसाइकल दुर्घटना परी रोल्पामा एक युवकको मृत्यु भएको छ।
रोल्पा नगरपालिका ४ का २६ वर्षीय पुरन चन्द बिहीबार बिहान ७ बजे दुर्घटनामा परी गम्भीर घाइते भएका थिए।
घाइते चन्दको जिल्ला अस्पताल रेउघामा उपचारका दिउँसो सवा १ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको सूचना शाखाले जानकारी दिएको छ।
लिवाङबाट गजुलतर्फ जाँदै गरेको रा ३ प १०३८ नम्बरको चन्द सवार मोटरसाइकल दहरेभिरनजिकै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले बताएको छ।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
रोल्पामा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु
मोटरसाइकल दुर्घटना परी रोल्पामा एक युवकको मृत्यु भएको छ।

