जुम्ला। जुम्लामा एक जनाले आत्मदाहको प्रयास गरेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि गोकर्ण कार्की नाम गरेका एक जनाले शरीरमा आगो लगाएर आफैंलाई जलाउने प्रयास गरेका थिए। तर उक्त क्रममा प्रहरी आएर उनलाई उद्धार गरेको थियो।
कोहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उनी ड्राइभर भएको बुझिएको छ।
प्रहरीले उद्धार गरेपछि उनले भावुक हुँदै भने, यो देशमा मलाई बस्नै मन लागेन, हजुरहरूले पेट्रोल कहाँबाट ल्याए भन्नुहुन्छ, पेट्रोल जहाँ पनि पाइन्छ।
उनले भावुक हुँदै भने यहाँ को छन् गतिला र सहन सकने ।
केही दिनअघि बानेश्वरको संसद् भवनअगाडि प्रेमप्रसाद आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए। त्यसपछि पनि पोखरामा एक युवकले घरमै आगो लगाएर आत्मदाह गर्ने प्रयास गर्दा उनलाई उद्धार गरिएको थियो।
जुम्लामा एक युवकद्वारा फेरि पनि आत्मदाहको प्रयास
जुम्लामा एक जनाले आत्मदाहको प्रयास गरेका छन्।

