काठमाडौं– जनता समाजवादी पार्टी जसपाले वीरगञ्जमा बिहीबार अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरेको छ।
पार्टीको विधान अधिवेशन, विभिन्न पार्टीसँगको एकता प्रक्रिया र निर्वाचनमा भएको घात–अन्तरघातको छानबिन लगायतका विषयमा पार्टीका अगुवा कार्यकर्तासँग भेटघाट कार्यक्रम तय गरिएको हो ।
कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव, सांसदहरु लालबाबु राउत, प्रदीप यादव, पार्टीका प्रदेश अध्यक्ष रामबाबुकुमार यादव लगायतका नेताहरु सहभागी रहेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
वीरगञ्जमा जसपाका अगुवा कार्यकर्ता भेटघाट
जनता समाजवादी पार्टी जसपाले वीरगञ्जमा बिहीबार अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरेको छ।

