प्रहरीका दुई डीएसपीको एसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका २ जना डीएसपीलाई एसपीमा बढुवाका निम्ति सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयअन्तर्गतको बढुवा समितिको सचिवालयले उनीहरूको बढुवा सिफारिस गरेको हो । बुधबार बसेको समितिको बैठकले काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय मानवस्रोत व्यवस…

प्रहरीका दुई डीएसपीको एसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका २ जना डीएसपीलाई एसपीमा बढुवाका निम्ति सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालयअन्तर्गतको बढुवा समितिको सचिवालयले उनीहरूको बढुवा सिफारिस गरेको हो ।

बुधबार बसेको समितिको बैठकले काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन शाखामा कार्यरत रविन कार्की र राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदबारमा कार्यरत ज्ञानेन्द्रबहादुर बस्नेतलाई एसपीमा बढुवाका निम्ति सिफारिस गरेको हो ।

प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार उनीहरूको बढुवा सिफारिस गरिएको समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले जानकारी दिए ।