अभियन्ता उत्तम कार्कीले गरे आत्मदाहको प्रयास

काठमाडौं । सामाजिक अभियन्ता उत्तम कार्कीले आत्मदाहको प्रयास गरेका छन् । चन्द्रागिरि नगरपालिकास्थित आफ्नौ घरमा मंगलबार शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् । अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचार भइरहेको छ । विभिन्न व्यक्तिलाई आरोप लगाउँदै उनले आत्मदाहको प्र…

अभियन्ता उत्तम कार्कीले गरे आत्मदाहको प्रयास

काठमाडौं । सामाजिक अभियन्ता उत्तम कार्कीले आत्मदाहको प्रयास गरेका छन् । चन्द्रागिरि नगरपालिकास्थित आफ्नौ घरमा मंगलबार शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् ।

अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचार भइरहेको छ । विभिन्न व्यक्तिलाई आरोप लगाउँदै उनले आत्मदाहको प्रयास गरेका हुन् ।

समाज र प्रशासनले आफूमाथि भएको अन्याय कहिले नदेखेको उनले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले प्रहरी अधिकारीको पनि नाम लिएका छन् । १८ दिन हिरासतमा आफू बसेको कार्कीले बताएका छन् ।

आफू अन्यायमा पर्दा पनि प्रहरीले समेत साथ नदिएको कार्कीको आरोप छ । उनले भिडियो पनि बनाएको पाइएको छ । आफूले १२ पटक मुद्दा दर्ता भएको उनको भनाइ छ ।