काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि मनोनयनको प्रक्रिया चलिरहेको छ । यहीबीच त्रिविअन्तर्गतका केही क्याम्पसमा भने सर्वसम्पत रूपमा प्रतिनिधि चयन भएका छन् ।
यता विद्यार्थी संगठनहरूले उम्मेदवारको टुंगो लगाउन नसकेर मनोनयनको समय नै थपिँदा विभिन्न जिल्लाका क्याम्पसबाट भने सर्वसम्मत रूपमा स्ववियु प्रतिनिधि छानिएका हुन् ।
हालसम्म एमालेनिकट अनेरास्ववियु अग्र स्थानमा देखिँदा अरु संगठन पछाडि छन् । अनेरास्ववियु अहिलेसम्म ११ स्थानमा सर्वसम्मत बनेको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले पुष्टि गरे । त्यस्तै, अखिल क्रान्तिकारीले पनि चार स्थानमा सभापति हात पारेको छ । नेविसंघ र अनेरास्ववियू समाजवादी भने क्रमशः एक एक स्थानमा निर्विरोध बनेका छन् ।
अनेरास्ववियु
अकबर चन्द - शिक्षा क्याम्पस, बैतडी
चेतन भण्डारी - संखुवासभा बहुमुखी क्याम्पस
सौगात कोइराला - माडव्य क्याम्पस, पाल्पा
अञ्जु परियार - तेज निरला क्याम्पस, मुस्ताङ
सपना चन्द - नवप्रभात क्याम्पस, बैतडी
अनिशा कोइराला - रामपुर क्याम्पस, पाल्पा
दीपेन्द्र दौल्याल - सेती क्याम्स, बझाङ
लोकेश खड्का - लाटिनाथ क्याम्पस, दार्चुला
ओमकार पाल - कृष्ण स्नातक क्याम्पस, दार्चुला
सागर खत्री - शारदा बहुमुखी क्याम्पस, मैनापोखर, बर्दिया
एल्डिस पुन - मंगला क्याम्पस, म्याग्दी
अखिल क्रान्तिकारी
सुस्मिता श्रेष्ठ - जुगल बहुमुखी सिन्धुपाल्चोक
अभिषेक थपलिया - नेत्रावती क्याम्पस, धादिङ
बम धामी-शान्ति आदर्श क्याम्पस, बझाङ
प्रकाश डाँगी - शीतल क्याम्पस, चौरहजारी, रुकुम,
नेविसंघ
राजु लामा - चैतन्य क्याम्पस, काभ्रेपलाञ्चोक
अनेरास्ववियू समाजवादी
कुमार घिसिङ - मनहरि क्याम्पस, मकवानपुर

