प्रचण्डलाई गगनको प्रश्न : कांग्रेस-एमाले मिलेर सरकार बनाउनुस् भनेको भुल्नुभयो ?

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस-एमालेसहितको गठबन्धन सरकारको विषयलाई लिएर पुष्पकमल दाहाल 'प्रचण्ड'ले गरेको टिप्पणीमा आपत्ति जनाएका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै थापाले प्रचण्ड आफैँ प्रधानमन्त्री भएका बेला कांग्रेस र एमालेलाई…

प्रचण्डलाई गगनको प्रश्न : कांग्रेस-एमाले मिलेर सरकार बनाउनुस् भनेको भुल्नुभयो ?

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस-एमालेसहितको गठबन्धन सरकारको विषयलाई लिएर पुष्पकमल दाहाल 'प्रचण्ड'ले गरेको टिप्पणीमा आपत्ति जनाएका छन्।

मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै थापाले प्रचण्ड आफैँ प्रधानमन्त्री भएका बेला कांग्रेस र एमालेलाई मिलेर सरकार चलाउन दिनुभएको होइन ? भन्दै प्रश्न गरेका हुन्।

'सरकार बनेको ४१ मा नेपाल बंगलादेश र श्रीलंका बन्ला भन्नुभयो। सरकार बनेको कुरा नै असंवैधानिक छ भनेको कुरा सम्झेको छु,' उनले भने, 'एमाले र कांग्रेस मिलेर सरकार बनाउनूस् भनेको होइनरु त्यसबेला पनि संविधान यही थियो होइन र ?'