संसदको कुर्सी भाँचिदा लडिन् सांसद

काठमाडौं । प्रतिनिधि सभाको बैठक चलिरहँदा कुर्सी भाँचिदा सत्तारूढ नेकपा (एमाले)की सांसद लडेकी छन्। सांसद उर्मिला थेबे बसेको कुर्सी भाँचिदाँ प्रतिनिधि सभाको बैठक समेत केहीबेर प्रभावित समेत भएको थियो। बैठकको विशेष समयमा कांग्रेस सांसद गगन थापा बोलिरहेका बेला कुर्सी भाँचिएको हो। सांस…

संसदको कुर्सी भाँचिदा लडिन् सांसद

काठमाडौं । प्रतिनिधि सभाको बैठक चलिरहँदा कुर्सी भाँचिदा सत्तारूढ नेकपा (एमाले)की सांसद लडेकी छन्।

सांसद उर्मिला थेबे बसेको कुर्सी भाँचिदाँ प्रतिनिधि सभाको बैठक समेत केहीबेर प्रभावित समेत भएको थियो। बैठकको विशेष समयमा कांग्रेस सांसद गगन थापा बोलिरहेका बेला कुर्सी भाँचिएको हो।

सांसद लडेपछि सभामुख देवराज घिमिरेले चासो देखाएका थिए। त्यस्तै बोलिरहेका सांसद गगन थापा पनि रोकिएर पछाडी फर्किएका थिए। लडेकी सांसदलाई अन्य सांसदहरुले बैठक कक्षबाट बाहिर निकालेका थिए।