माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आज बस्ने भनिएको पदाधिकारी बैठक सोमबार बस्दै छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बिहान ८ बजे पदाधिकारी बैठक बस्न लागेको माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए। आइतबार बस्ने भनिएको बैठक सोमबार बिहानका लागि सारिएको थियो।…

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आज बस्ने भनिएको पदाधिकारी बैठक सोमबार बस्दै छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बिहान ८ बजे पदाधिकारी बैठक बस्न लागेको माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए।

आइतबार बस्ने भनिएको बैठक सोमबार बिहानका लागि सारिएको थियो। माओवादी केन्द्रले फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान चलाइरहेको थियो।

आइतबारदेखि उक्त अभियान तत्कालका लागि स्थगित गरेर पार्टी नेताहरू काठमाडौं फर्किएका थिए।