राजावादीको जुलुसमा भारतीय मुख्यमन्त्रीको फोटो !

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किएको अवसर पारेर राजावादीहरूले आइतबार (फागुन २५) काठमाडौंमा उनको भव्य स्वागत गर्दै प्रर्दशन गरे । तर पूर्वराजाको स्वागत गर्न राप्रपा र दुर्गा प्रसाईंको माातृभूमि बचाऊ अभियानसहितको संयुक्त र्‍यालीमा देखिएको एउटा फरक फोटोले यतिबेला स…

राजावादीको जुलुसमा भारतीय मुख्यमन्त्रीको फोटो !

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किएको अवसर पारेर राजावादीहरूले आइतबार (फागुन २५) काठमाडौंमा उनको भव्य स्वागत गर्दै प्रर्दशन गरे ।

तर पूर्वराजाको स्वागत गर्न राप्रपा र दुर्गा प्रसाईंको माातृभूमि बचाऊ अभियानसहितको संयुक्त र्‍यालीमा देखिएको एउटा फरक फोटोले यतिबेला सामाजिक सञ्जाल तताइरहेको छ।

भीडमा देखिएको त्यो झन्डामा छन्-भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ! भारतीय जनता पार्टी (भाजपा)का नेतासमेत रहेका योगी आदित्यनाथको फोटोमुनि लेखिएको छ-राजसंस्था पुनर्स्थापना गरौँ, हिन्दुवादी प्रदीपविक्रम राणा।'

यस विषयमा यतिबेला सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले टिप्पणी गरिरहेका छन्-यही हो त राष्ट्रवाद ! अनि कतिपयले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई व्यंग्य गरिरहेका छन्-विचारभन्दा माथि देश, देशभन्दा माथि उत्तर प्रदेश!

पूर्वराजा ज्ञानेन्द्रले केही समयअघि आदित्यनाथलाई लखनऊमा भेटेका थिए। यो तस्बिर प्रदीपविक्रम राणा भन्ने व्यक्तिले हिन्दु राज्य स्थापनाको ब्यानरसहित प्रायोजन गरेका हुन्।