काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्ने भएको छ।
बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्न लागेको हो ।
राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार समसामयिक राजनीतिक अवस्थाको बारेमा समीक्षा, पार्टीको आगामी कार्यक्रम बारेमा बैठकमा छलफल गरिने छ।
यसैगरी, आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विषयमा छलफल पनि प्रवक्ता श्रेष्ठले बताए।
राप्रपाको कार्य सम्पादन बैठक बस्दै
राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार समसामयिक राजनीतिक अवस्थाको बारेमा समीक्षा, पार्टीको आगामी कार्यक्रम बारेमा बैठकमा छलफल गरिने छ।